फेरि सुदूरपश्चिम आउँदै एमाले अध्यक्ष ओली

धनगढी, २२ कात्तिक । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली चुनावी सभालाई सम्बोधन गर्न फेरि सुदूरपश्चिम प्रदेश जाने भएका छन् । १८ कात्तिकमा दार्चुलाबाट चुनावी सभा सुरु गरेका ओली केही दिन अघि काठमाडौँ फर्किएका थिए ।

उनी २६ कात्तिकमा सुदूरपश्चिमका तीन स्थानका आमसभालाई सम्बोधन गर्ने भएका हुन् ।

एमाले सुदूरपश्चिमका सचिव धर्मराज पाठकका अनुसार ओलीले २६ कात्तिक बिहान ११ बजे डोटीको दिपायल, २ बजे कैलालीको अत्तरियामा र ४ बजे लम्कीको चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।

ओलीले कात्तिक १८ गते पनि दाुर्चला, बैतडी र कञ्चनपुरको महेन्द्रनगरका तीनवटा सभालाई सम्बोधन गरेका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति