लोकतन्त्र रक्षाका लागि पत्रकारहरूको भूमिका महत्त्वपूर्ण हुन्छ : कृष्ण सिटौला

झापा, २२ कात्तिक । नेपाली कांग्रेसका नेता तथा झापा- ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार कृष्णप्रसाद सिटौलाले लोकतन्त्रको रक्षा र प्रेस स्वतन्त्रताको लागि पत्रकारहरूकाे भूमिका महत्त्वपूर्ण हुने बताएका छन् ।

आगामी निर्वाचनमा पत्रकारहरूले पनि लाेकतन्त्रका लागि लडेका उम्मेदवारलाई सहयाेग गर्नुपर्ने बताएका सिटाैलाले ४ मंसिरकाे निर्वाचनपछि दिगो विकाससहितकाे गतिमा देश अघि बढ्ने दाबी गरे। 

झापाको भद्रपुरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा नेता सिटौलाले सबै लोकतन्त्रवादी मिलेर बलिदानबाट प्राप्त गणतन्त्रलाई रक्षा गर्नुपर्नेमा जाेड दिए ।

‘संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थाका विकास पाँच वर्षमा गर्न सकेनौँ, संविधानले जे जति अधिकार सबै क्षेत्रको जनतालाई दिएको छ,  त्योअनुसार सरकारले काम गर्न सकेन,’ उनले भने, ‘जनताले अपेक्षा गरेअनुसार शिक्षा, स्वास्थ्य ऐन आउन नसक्नु, किसान, श्रमिकहरूको लागि विशेष ऐन आउन नसक्नु सरकारको कमजोरी भयाे ।’

शान्ति प्रक्रिया, संविधान निर्माण, २०४६ देखिका सबै आन्दोनमा आफूले महत्त्वपूर्ण भूमिका खेल्दा खेल्दै आए पनि अघिल्लाे निर्वाचनमा राजावादीसँग हार्नु परेकोमा उनले खिन्नता व्यक्त गरे । 

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति