ओलीको प्रश्न, ‘सत्ता गठबन्धनको कार्यक्रम के हो ? अबको प्रधानमन्त्री को ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिर ४ को निर्वाचनले देशले विकासको बाटो कि विनासको बाटो रोज्ने ? भन्दै देशको भाग्य र भविष्य निर्धारण गर्ने बताएका छन् ।

एमाले जिल्ला कमिटी कास्कीले सोमबार गरेको कार्यकर्ता भेलालाई पोखरामा सम्बोधन गर्दै ओलीले जनादेशलाई कुल्चिएर परमादेशबाट सरकार बनाउने काम भएको भन्दै त्यो गल्तीलाई निर्वाचनबाट सच्याउनुपर्ने बताए ।

उनले भने, ‘अबको निर्वाचनबाट देशले विनाशको बाटो कि विकासको बाटो रोज्ने पक्का गर्छ। देश पराधीन हुने कि स्वाधीन हुने फैसला निर्वाचनले गर्छ । हामीले यस निर्वाचनमा जित्नुपर्नेछ। संसदीय प्रणालीमा, लोकतन्त्रमा जनताका प्रतिनिधिले सरकार छान्छ। यसअघि जनादेशलाई कुल्चिएर परमादेशबाट सरकार बनाउने काम भए। त्यो गल्तीलाई यो निर्वाचनबाट सच्याउनुपर्छ।’

केही प्रतिगामी तत्वहरुले संसद विघटन गरेर जनतामा जाने कुरालाई प्रतिगमन भनेको भन्दै उनले ‌२०७४ मा एमाले र माओवादी मिलेर ल्याएको घोषणा पत्र पुष्पकमल दाहाल प्रचण्डले लत्याएपछि आफूले ताजा जनादेशमा जान खोजेको बताए ।

उनले भने, ‘प्रचण्डले २०७४ को साझा घोषणा पत्र लत्याइसकेपछि अब त्यसको औचित्य थिएन। प्रचण्डले लत्याएकाले ताजा जनादेशमा गएको हो । प्रधानमन्त्री शेरबहादुर देउवा संविधान बचायौँ भन्दैछन्। तर संविधान त कसले मारेको थियो र१ हामीले संविधानका कुनै धारा मिचेका थिएनौँ। ताजा जनानेशमा जाँदा संविधान मिचेको हुँदैन। बरु परमादेशबाट संविधान मिचिएको कुरालाई सच्याउनुछ।’

उनले पाँच दलीय गठबन्धनका दलहरुले अलग अलग घोषणा पत्र ल्याएर रमिता देखाएको बताए। उनले भने, ‘उनीहरुको घोषणा पत्र कुन कार्यान्वयन गर्ने त ? दिशाहीन, योजनाविहीन उनीहरुले केही गर्नु नै छैन। यस्ता गन्तव्यहीन विचार भएकाले कर्ममाण्ड पूरा गर्न घोषणा पत्र ल्याए। उनीहरुको उद्देश्य नै सरकार बनाएर देश लुट्ने हो।’

ओलीले सरकार बनाउनकै लागि गठबन्धन विदेशीसँग लम्पसार पर्ने गरेको बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति