अमेरिका र दक्षिण कोरियालाई सैन्य कारबाही गर्ने प्योङयाङको चेतावनी

प्योङयाङ, २१ कात्तिक । उत्तर कोरियाली सेनाले हालैको अमेरिका–दक्षिण कोरियाली सैन्य अभ्यासलाई ‘खुला उत्तेजक र खतरनाक युद्ध अभ्यास’ को रूपमा वर्णन गर्दै ती देशलाई ‘दिगो, दृढ, र भारी’ सैन्य कारबाहीका साथ जबाफ दिने धम्की दिएको छ ।

उक्त अभ्यासलाई कोरियाली जन सेनाका जनरल स्टाफले ‘उत्तरतर्फ जानाजानी तनाव बढाउने उद्देश्यले गरिएको खुला उत्तेजना’ भनेका छन् । उनले त्यसलाई ‘आक्रामक प्रकृतिको खतरनाक युद्ध अभ्यास’समेत भनेको उत्तर कोरियाली समाचार संस्था केसिएनएले जनाएको छ ।

रोयटर्सका अनुसार यो चेतावनी उत्तर कोरियाले हालै गरेको मिसाइल प्रक्षेपणको बीचमा आएको छ । अमेरिका र दक्षिण कोरियाबीचको सबैभन्दा ठुलो वायुसेना अभ्यास समाप्त भएको भोलिपल्ट उत्तरले चार ब्यालेस्टिक मिसाइलहरू प्रहार गरेको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति