काठमाडौँ, २१ कात्तिक । स्टार खेलाडी नेयनारको गोलमा फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले लोरिएन्टलाई २–१ अन्तरले पराजित गरेको छ ।
आइतबार राति भएको खेलको नवौँ मिनेटमा नेयमारले गोल गर्दै पिएसजीलाई सुरुवाती अग्रता दिलाए । ५३ औँ मिनेटमा टेरिम मोफीले गोल गर्दै लोरिएन्टले १–१ को बराबरी गर्यो ।
८१औँ मिनेटमा नेयमारको पासमा डानिलो पेरिएराले गोल गर्दै पिएसजीलाई २–१ को जित दिलाए ।
जितसँगै पिएसजीले १४ खेलमा ३८ अंक जोडेर शीर्ष स्थानमा छ । लोरिएन्ट २७ अंक जोडेर पाँचौँ स्थानमा छ ।
प्रतिक्रिया