प्रवासी नेपाली मञ्चको पहिलो अधिवेसन : अध्यक्षमा सञ्जय थापा

काठमाडौं । प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीको आज सम्पन्न प्रथम अधिवेसनले सञ्जय थापा (अमेरिका)को अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

काठमाडौंमा सम्पन्न भएको अधिवेसनबाट उपाध्यक्षमा रमेश पाण्डे (अष्टेलिया), सचिव हेम शेर्पा (स्पेन), उपसचिव चानक पोखरेल (कतार), कर्ण शाही (बेलायत) चयन भएको केन्द्रीय सदस्य (अमेरिका)का शंकर लुंगेलीले जानकारी दिए ।

आइतबार पार्क भिलेज रिसोर्ट बुढानीलकण्ठ, काठमाडौंमा सम्पन्न मञ्चको प्रथम अन्तर्राष्ट्रिय अधिवेशनले थापाको नेतृत्वमा कार्यसमिति चयन गरेको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेको अधिवेशनमा प्रवासबाट करीव ३ सय ५० जनाले सहभागिता जनाएका थिए ।

सर्वसम्मत रुपमा चयन भएका कमिटिमा एक जना पछि थप गर्ने गरी कार्यसमितिलाई पूर्णता दिइनेछ ।

कार्यसमितिमा ५ जना अमेरिकाबाट, ५ जना युरोप (युके)सहित, मध्यपुर्वबाट ७ जना, अष्ट्रेलिया ३ जना, पुर्व एसिया ४ जनालगायत भएका छन् ।

प्रवासी नेपाली मञ्चको प्रथम अन्तर्राष्ट्रिय कार्यसमिति–
अध्यक्ष– संजय थापा
उपाध्यक्ष– रमेश पाण्डे
सचिव – हेम शेर्पा
उपसचिव – कर्ण शाही
उपसचिव – चानक पोखरेल

सदस्यहरूः
शिव वरुवाल
राजेन्द्र पुडासैनी
गोविन्द पौडेल
सुरेन्द्र थपलिया
सरस्वती केसी
कल्पना त्रिपाटी
विमला भण्डारी
हेमराज जोसी
तिर्थ गौतम
ज्योती शर्मा
महेश गिरी
कमल मणी
वलराम गिरी
डाविनोद श्रेष्ठ
शिशिर नेपाल
विजय फुयाल
सिता केसी
सुरेश केसी
डा.सरोज कणेल
सन्जु केसी
डुण्डीराज पाण्डे
कुन्ति थापा
जानकी कार्की
पुरुषोतम वोहरा
राजेन्द्र सिवाकोटी छन् ।

अधिवेशन सोमबार सकिनेछ । यसअघि भक्त गुरुङको अध्यक्षमा कार्यसमिति गठन भएको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति