सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गरिन्छ : प्रधानमन्त्री देउवा

डडेल्धुरा, २० कात्तिक । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल–भारतबीच रहेका सीमा विवाद कूटनीतिक सम्बन्ध र वार्ताका माध्यमबाट समाधान गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

डडेल्धुराको अजयमेरू गाउँपालिका–२ भद्रपुरमा आयोजित संयुक्त वाम–लोकतान्त्रिक गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री देउवाले भने, “भाषणले सीमा विवाद समाधान हुँदैन, सार्थक कूटनीतिक पहलबाट समस्या समाधान हुन्छ ।”

चीनसँगका सीमा विवाद पनि कूटनीतिक पहकै आधारमा समाधान हुने विश्वास व्यक्त गर्दै उनले भने, “भाषणले भूमि फिर्ता हुँदैन, त्यसका लागि कूटनीतिक पहल आवश्यक हुन्छ, त्यो हामी गरिरहेका छौँ ।” राजनीतिक जीवनको सुरूवातबाट नै सुदूरका हरेक जिल्ला र नेपाली भूमिबारे आफू जानकार रहेको उल्लेख गर्दै उनले नक्सा, सीमा सम्झौताका आधार र तथ्यमा टेकी वार्ताबाट नेपाली भूमि फिर्ता ल्याउने बताए ।

बिहीबारदेखि गृहजिल्लामा रहेका देउवाले डडेल्धुरासहित सुदूरपश्चिमको सम्पूर्ण विकासका लागि आफू निरन्तर लागिपरेको उल्लेख गर्दै भौतिक र सामाजिक विकास अगाडि बढेको र अब आर्थिक समृद्धिका लागि पहल भइरहेको स्पष्ट पारे ।

उनले भने, “शिक्षामा सुधार ल्याउन मेडिकल कलेज र आधुनिक प्राविधिक शिक्षामा जोड दिन्छु । पश्चिम सेती, विमानस्थल, ग्रामिण सडकको स्तरोन्नति र कालोपत्रलगायत सिंचाइ, खानेपानी र विद्यालय निर्माणजस्ता विकासका कुरा अगाडि बढेको छ ।”

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति