निर्वाचन आयोगले कोमल वलीलाई सोध्यो स्पष्टीकरण

काठमाडौँ, १९ कात्तिक । निर्वाचन आयोगले एमालेको तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार कोमल वलीसँग स्पष्टीकरण सोधेको छ ।

शुक्रबार वलीले विद्यार्थीसँग भोट माग्दै गरेको तस्बिर सार्वजनिक भएपछि आयोगले स्पष्टीकरण सोधेको हो ।

आयोगले सोधेको स्पष्टीकरणमा किन विद्यार्थीसँग भोट मागिएको हो ? यसरी भोट माग्न कुन ऐनले सुविधा दिन्छ ? भन्ने प्रश्न गरिएको छ ।

उनलाई आफैँ वा आफ्नो प्रतिनिधिमार्फत् २४ घण्टाभित्र आयोगको कार्यालय वा आयोगमा स्पष्टीकरण बुझाउन निर्देशन दिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति