प्रधानमन्त्रीका लागि मरिहत्ते गर्ने मान्छे म होइन : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भावी प्रधानमन्त्रीका लागि मरिहत्ते गर्ने मान्छे आफू नभएको बताएका छन् ।

चुनावी अभियानका क्रममा गोरखामा पत्रकारहरुसँग कुराकानी गर्दै प्रचण्डले भने, ‘म प्रधानमन्त्रीका लागि मरिहत्ते गरिहाल्ने मान्छे पनि होइन ।’

चुनावी अभियानका क्रममा साथीहरुले मलाई भावी प्रधानमन्त्री हो भन्ने गरेको भन्दै उनले आफूलाई भावी प्रधानमन्त्री किन होइन भन्ने त ? भन्दै प्रतिप्रश्न गरे ।

गोरखा २ बाट चुनावी प्रतिस्पर्धामा उत्रिएका प्रचण्डले आफ्नो प्रतिस्पर्धी नै आफूले थाहा नपाएको पनि बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति