प्रचण्डलाई समर्थन गर्दै माओवादीमा प्रवेश गरे गोरखामा राप्रपाका उम्मेदवार

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई समर्थन गर्दै गोरखा क्षेत्र नम्बर २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेशसभा १ का प्रतिस्पर्धी नै नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्।

राप्रपाबाट प्रदेशसभामा प्रत्यक्षतर्फका उम्मेदवार इन्जिनियर सुबोध बस्नेत उम्मेदवारी निष्क्रिय भएको घोषणा गर्दै माओवादीमा प्रवेश गरेका हुन् ।

उनले देशको राजनीतिक निकास वाम(लोकतान्त्रिक गठबन्धनले मात्रै दिन सक्ने पनि बताएका छन् ।

बस्नेतले प्रचण्डलाई नेपाली राजीनितका मियो, शान्ति र क्रान्तिका नायक पनि भनेका छन् ।

उनले शुक्रबारदेखि नै उम्मेदवारी निष्क्रिय बनाई माओवादीमा प्रवेश गरेको घोषणा गरे। ‘म अब अध्यक्ष प्रचण्ड र गठबन्धनका उम्मेदवारलाई जिताउन लाग्नेछुु’ उनले भने।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति