दलका उम्मेदवारलाई पराजित गर्छु : स्वतन्त्र उम्मेदवार श्री गुरुङ

काठमाडौं, १८ कात्तिक 

प्रतिनिधिसभा सदस्य पदका लागि काठमाडौं–५ बाट स्वतन्त्र उम्मेदवारी दिएका श्री गुरुङले एमालेका उम्मेदवार ईश्वर पोखरेललाई हराउने दाबी गरेका छन् । 

उक्त क्षेत्रबाट एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, कांग्रेसका युवा नेता प्रदीप पौडेलसहित उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । तर, आफू उक्त क्षेत्रबाट निर्वाचित हुने गुरुङ दाबी गर्छन् । 

शुक्रबार मालिगाउँ, हाँडीगाउँ, कालोपुल, भत्केको पुल क्षेत्रमा भएको घरदैलो कार्यक्रमका क्रममा उनले एमाले, कांग्रेसहितका दलका उम्मेदवारलाई पराजित गर्ने दाबी गरेका हुन् । 

क्यामेरा चुनाव चिह्न लिएर प्रतिस्पर्धामा उत्रिएका उनले मतदातासँग आफू निर्वाचित भएपछि नेपाललाई दक्षिण एसियाको पर्यटन राजधानी बनाउन पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।

गुरुङले ‘पर्यटन नै सम्वृद्धिको आधार देशमा विकास र युवालाई रोजगार’ भन्ने नारासहित मतदातासँग मत मागेका छन् । नेपालको पर्यटन, प्रविधि, व्यापार र ऊर्जा प्रवद्र्धनमा जोड दिएका उनले चीन र दक्षिण एसियाली मुलुकहरुको समन्वय तथा लगानी अनि नेपालको निगरानी, स्वामित्व तथा कानुनी आधारमा अन्तर्राष्ट्रिय सुख्खा बन्दरगाहको निर्माण गर्ने बताएका छन् । 

नेपालको हिमालहरुमा जलवायु परिवर्तनको असरको मुद्दा विश्वव्यापीकरण गर्न पहल गर्ने उद्घोष गरेका श्री गुरुङले गाजा खेतीलाई पर्यटन, औषधीजन्य, कपडाजनइ तथा व्यापारिक प्रयोजनका लागि मापदण्डसहितको वैधानिकता दिन कानुन निर्माणमा जुट्ने प्रतिबद्धता जनाएका छन् । 

घरदैलोमा जाने क्रममा काठमाडौं–५ का मतदाताले देखाएको उत्साहले आफू निर्वाचित हुने दाबी गरेका उनले सीपमुलक शिक्षा, सफा अस्पताल, प्रविधियुक्त सरकारी सेवालाई आफ्नो एजेण्डामा समावेश गरेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति