डेंगुका कारण माल्टामा नेपाली युवतीको मृत्यु

काठमाडौँ, १८ कात्तिक । डेंगु संक्रमणबाट युरोपियन मुलुक माल्टामा एक नेपाली युवतीको निधन भएको छ।

रोजगारीको लागि एक महिनाअघि मात्र माल्टा पुगेकी इलाम कन्यामकी बिनिता ढुंगेलको उपचारकै क्रममा निधन भएको हो ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) माल्टाका अध्यक्ष भुवन अर्यालका अनुसार बिनिताको शुक्रबार बिहान स्थानीय समयअनुसार साढे ४ बजे निधन भएको हो ।

माल्टा पुगेको भोलिपल्टै बिनिताको स्वास्थ्यमा समस्या देखिएपछि चेकजाँच गर्दा डेंगुको संक्रमण पुष्टि भएको थियो । उनको माल्टाको सरकारी अस्पतालमा उपचार भइरहेको थियो ।

अध्यक्ष अर्यालका अनुसार बिनिताको बीमा नभएकाले अस्पतालमा ३० हजार युरो बिल उठेको छ ।

बिनिताले कम्पनिमा काम पनि सुरु गरिनसकेको अवस्थामा रोजगारदाताले उपचार खर्च तिर्छ÷ तिर्दैन यकिन भइसकेको छैन । यद्यपि, कम्पनी व्यवस्थापनले उनको निधनप्रति दुः ख व्यक्त गर्दै सहयोग गर्ने प्रतिबद्धता जनाएको अर्यालको भनाइ छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति