विप्लव नेतृत्वको नेकपाको केन्द्रीय सदस्य वली पक्राउ

काठमाडौँ, १८ कात्तिक । निर्वाचन बिथोल्ने अभियानमा लागेको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई सरकारले उच्च निगरानीमा राखेको छ ।

निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा सो पार्टीका नेताहरू धमाधम पक्राउ पर्न थालेका छन् । बिहीबार मात्र प्रहरीले पार्टीका केन्द्रीय सदस्य तथा नवलपरासी इन्चार्ज सरद वलीलाई पक्राउ गरेको छ ।

नवलपुरको मध्यपुर नगरपालिका बसन्तपुरबाट प्रहरीले उनलाई पक्राउ गरेको हो । विप्लव नेकपा, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी र ऋषि कट्टेल नेतृत्वको नेकपाले संयुक्त विज्ञप्ति जारी गर्दै निर्वाचन बहिस्कार गर्ने निर्णय गरेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति