सर्वेक्षणअनुसार रूस भारतको सबैभन्दा भरपर्दो साझेदार

नयाँ दिल्ली : नयाँ दिल्लीस्थित ‘थिंक ट्यांक अब्जर्भर रिसर्च फाउन्डेसन (ओआरएफ)’ ले गरेको एक सर्वेक्षणअनुसार सन् १९४७ मा भारत स्वतन्त्र भए यता रुस भारतको सबैभन्दा भरपर्दो साझेदार मानिएको छ।

भारतका १९ सहरमा गरिएको राष्ट्रिय सर्वेक्षणमा पाँच हजार सहरी युवाको नमूना समावेश गरिएको थियो। 

युवा भारतीयहरूले विभिन्न प्रश्नहरूको जवाफ दिँदै देशको विदेश नीतिलाई सकारात्मक रूपमा मूल्याङ्कन गरेका छन्।

उत्तरदाताहरूले रूसलाई स्वतन्त्रतापछिको भारतको सबैभन्दा भरपर्दो साझेदारको रूपमा उल्लेख गरेका छन्।
 
यसै वर्षको सुरुमा युक्रेन द्वन्द्व सुरु भएदेखि नै रूससँगको भारतको द्विपक्षीय सम्बन्ध प्रतिबन्धग्रस्त मस्कोबाट तेल आयातमा भएको वृद्धिका कारण भारत पश्चिमा मुलुकहरूको निगरानीमा आएको छ। 

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति