लागूऔषधसहित बुटवलबाट चार जना पक्राउ

बुटवल, १७ कात्तिक । अवैध लागुऔषधसहित रुपन्देही प्रहरीले चार जनालाई पक्राउ गरेको छ । रुपन्देहीका छुट्टाछुट्टै स्थानबाट पक्राउ पर्नेमा एक भारतीयसहित तीन नेपाली रहेका छन् ।

रुपन्देही प्रहरीका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले मायादेवी गाउँपालिका ७ भन्सारचोकबाट भारतीय सीमाबाट नेपाल फर्कंदै गरेका यूपी ५५ एन ६३४६ नम्बरको मोटरसाइकल चालक रुपन्देही सम्मरीमाई ७ का २१ वर्षीय तुल्सी लोध, पछाडि सवार सोही स्थान र उमेरका शनिकुमार मिश्र र भारतको सिद्धार्थनगरका १९ वर्षीय पवनकुमार हरिजन बुधबार पक्राउ गरिएको बताए ।

उनीहरूको साथबाट डाइजापाम ९१ एमपुल, फेनरागन ७६ एमपुल, टालजेसिक २२ एमपुल गरी १ सय ८९ एमपुल लागुऔषध बरामद भएको छ । यस्तै, लुम्बिनी सांस्कृतिक नगरपालिका ६ तेनुहवाबाट लु ७३ प ८८९२ नम्बरको मोटरसाइकल चालक कपिलवस्तुको मायादेवी गाउँपालिका ३ का ३१ वर्षीय अल्ताप हुसेन मुसलमान पक्राउ परेका छन् । उनीहरूबाट खैरो हिरोइन ५३.२५ ग्राम बरामद भएको उनको भनाइ छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board