इजरायलमा चार वर्षमा पाँचौँ पटक निर्वाचन : चुनावपछिको सर्वेक्षणले देखाए नेतन्याहुको कमब्याक

एजेन्सी, १६ कात्तिक । इजरायलका पूर्वप्रधानमन्त्री बेन्जामिन नेतन्याहु मंगलबारको निर्वाचनपछि सत्तामा फर्किने मत सर्वेक्षणहरुले देखाएका छन् । मंगलबारको चुनावपछि उनको दक्षिणपन्थी गुट संकीर्ण बहुमततर्फ अग्रसर भएको सर्वेक्षणहरुले देखाएका हुन् । 

देशको सबैभन्दा लामो समय सेवा गर्ने पूर्वप्रधानमन्त्रीको पार्टीले १२० सिट भएको केन्सेट (संसद) मा कम्तीमा ६१ वा ६२ सिट जित्ने सर्वेक्षणले देखाएका छन् । तथापि, चुनावको वास्तविक नतिजा प्रारम्भिक एक्जिट पोल भन्दा फरक हुन सक्छ जुन यस हप्ताको अन्त्यसम्म अपेक्षित छैन ।

यसैबीच, वर्तमान प्रधानमन्त्री यायर लापिडको येश अतिद पार्टीले कम्तीमा २४ सिट जित्ने अनुमान गरिएको छ । अर्कोतर्फ, इटामार बेन–गभिरको नेतृत्वमा रहेको धार्मिक जियोनिस्ट पार्टीले कम्तीमा १४ सिट जितेर तेस्रो ठूलो पार्टी बन्ने तयारी गरेको छ ।

चार वर्षभन्दा कम अवधिमा यो देशको पाँचौँ निर्वाचन हो जसले धेरै मतदाताहरूलाई आक्रोशित बनाएको छ, तर रिपोर्टहरूले यसले सन् १९९९ पछिको सबैभन्दा बढी मतदाताको सहभागितालाई असर नगरेको उल्लेख गरेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति