चितवनबाट १६ जुवाडे पक्राउ

चितवन, १६ कात्तिक । चितवनको भरतपुरमा कौडा खेल्दै गरेका १६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मंगलबार दिउँसो भरतपुर-११ लामाटोलकी मैती लामाको घरमा कौडा खेलाइरहेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरी टोलीले नगद १ लाख २८ हजारसहित १६ थान कौडाको साथमा जुवाडे पक्राउ गरेको हो ।

नियन्त्रणमा लिइएकामध्ये भरतपुर ११ की मीनाकुमारी दर्लामी, तीर्थकुमारी गुरुङ, सबु गुरुङसहित १३ पुरुषहरू छन् । सोही ठाउँका सरोज गुरुङ, डम्बरजङ गुरुङ, सरोज न्यौपाने, राजेन्द्र सिंखडा, शिव कुमाल, कुमारसिंह तामाङ, प्रवीण भटराई, जितेन्द्र कुमाल, कृष्णबहादुर तामाङ, बलबहादुर कुमाल र  रेशमबहादुर लामालाई पनि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए ।

सोही ठाउँ बस्दै आएका तनँहुका शिवराज घिमिरे र लमजुङका दिलबहादुर गुरुङ पनि प्रहरीको नियन्त्रणमा छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति