एमालेको घोषणापत्र : श्रमिको न्यूनतम ज्याला २५ हजार पुर्‍याइने

काठमाडौँ, १५ कात्तिक । नेकपा (एमाले)ले श्रमिकहरूको न्यूनतम ज्याला २५ हजार रूपैयाँ पुर्‍याउने प्रतिवद्धता व्यक्त गरेको छ ।

मंगलबार काठमाडौँको याक एन्ड यति होटलमा अध्यक्ष केपी शर्मा ओलीले डिजिटल प्रविधिबाट आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सार्वजनिक गरेको घोषणापत्रमा अधिकांश श्रमिक तथा कर्मचारीलाई सामाजिक सुरक्षाको दायरामा ल्याइने भन्दै श्रमिकलाई न्यूनतम ज्याला २५ हजार रूपैयाँ पुर्‍याउने उल्लेख गरिएको छ ।

“औपचारिक क्षेत्रका सबै र अनौपचारिक क्षेत्रका ७५ प्रतिशत श्रमिकहरू योगदानमा आधारित सामाजिक सुरक्षाको दायरामा समेटिने छन्,” घोषणापत्रमा लेखिएको छ, “स्वदेश तथा विदेशमा, ज्याला रोजगारी तथा स्वरोजगारीमा रहेका सबैलाई योगदानमा आधारित सामाजिक सुरक्षाको दायरामा समेटिने छ । श्रमिकहरूको न्यूनतम ज्याला मासिक २५ हजार पुर्‍याइने छ ।”

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति