निर्वाचन आयोगको निर्णयविरुद्धका दुई रिटमा आज सुनुवाइ हुँदै

काठमाडौँ, १५ कात्तिक । निर्वाचन आयोगका पछिल्ला दुई निर्णयविरुद्ध दायर रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ ।

‘नो नट अगेन’ नामक फेसबुक पेज बन्द गर्न आयोगले जारी गरेको विज्ञप्तिको विरोधमा र ललितपुर क्षेत्र नम्बर ३ की प्रतिनिधिसभा सदस्य उम्मेदवार डा.तोसिमा कार्कीको उम्मेदवारी खारेजीविरुद्ध परेको छुट्टाछुट्टै रिटमाथि सुनुवाइ हुन लागेको हो ।

‘नो नट अगेन’लाई बन्देज गर्नेगरी आयोगले जारी गरेको विज्ञप्ति खारेजीको माग गर्दै रिट दर्ता भएको थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार कार्कीले आफ्नो उमेदवारी खारेजीको निर्णयविरुद्ध सोमबार नै दायर गरेकी थिइन् ।

मेडिकल काउन्सिलको निर्वाचित पदमा कार्यरत रहेको भन्दै आयोगले कार्कीको उमेदवारी खारेज गरेको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति