संविधान र लोकतन्त्रको रक्षाका लागि कांग्रेसको जित आवश्यक : डिना उपाध्याय

हेटौँडा, १५ कात्तिक । सत्तारुढ गठबन्धनको तर्फबाट मकवानपुर क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य पदकी उम्मेदवार महालक्ष्मी उपाध्याय डिनाले संसद्, संविधान र लोकतन्त्रको रक्षाका लागि कांग्रेसको जित आवश्यक रहेको बताएकी छन् ।

चुनावी अभियान अन्तर्गत सोमबार हेटौँडा–६ र ७ नम्बर वडाको प्रचारप्रसार कार्यालय उद्घाटनमा बोल्दै उनले बहुमत प्राप्त आफ्नो दल र सरकार समेत ५ वर्ष टिकाउन नसक्नेले देशमा विकास ल्याउन नसक्ने बताइन् ।

‘पटकपटक संसद् विघटनको कुप्रयास गर्ने, संविधान मास्न खोज्ने, सबै दल एक भएर मुलुकमा गणतन्त्रका लागि आन्दोलन भइरहँदा नेपालमा गणतन्त्र आउनु भनेको बयलगाढा चढेर अमेरिका जानु जस्तै हो भन्दै भाषण गर्ने केपी ओलीलाई भोट हाल्नु सारा नेपालीकै लागि दुःखद् हुने छ,’ उनले भनिन् ।

चुनावपछि गठबन्धनकै सरकार बन्ने दाबी गर्दै उनले आफू संसद् बन्नका लागि मात्र नभई जनताको सुख दुःखमा साथै रहने गरी चुनावी अभियानमा सहभागी भएको उनको भनाइ थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति