अधिकांश सिटमा गठबन्धनले जित्छ : आरजु देउवा

जनकपुरधाम, १३ कात्तिक । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा.आरजु राणा देउवाले अधिकांश निर्वाचन क्षेत्रमा पाँच दलीय गठबन्धनले जित हासिल गर्ने बताएकी छन् ।

छठ पर्वमा सहभागी हुन जनकपुरधाम आइपुगेकी देउवाले सञ्चारकर्मीसँग कुराकानी गर्दै गठबन्धनबाट स्वतन्त्र उम्मेदवार भएका अधिकांश उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिइसकेको र गठबन्धन पनि एक ढिक्का भएर अघि बढेकाले ९५ प्रतिशत सिट गठबन्धनले जित्ने बताइन् ।

अधिकांश सिटमा गठबन्धनले जित हासिल गर्ने र आगामी सरकार पनि गठबन्धनकै बन्ने दाबी गर्दै देउवाले मुलुकको विकास र समृद्धिका लागि पनि गठबन्धनले नै जित्नुपर्ने जिकिर गरिन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति