प्रचण्डले भने– गोरखामा रिल्याक्स फिल गरेको छु

गोरखा, १३ कात्तिक । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू गोरखाबाट निर्वाचन लड्न पाउँदा रिल्याक्स फिल गरेको बताएका छन् ।

आइतबार बिहान गोरखाको भच्चेकमा कार्यकर्ता तथा मतदातामाझ छोटो अन्तरक्रियामा उनले गठबन्धनभित्र दरिलो एकता भएको बताएका छन् ।

प्रचण्डले भने,“गोरखा आउन पाएकोमा खुसी छु । अहिलेसम्मको निर्वाचनमा भन्नुपर्दा मेरो लागि एक ढंगले सहज । यहाँ आउँदा रिल्याक्सजस्तो फिल गरेको छु । गोरखामा निश्चित सपना बोकेर आएको छु । गोरखा आउनुको उद्देश्य इतिहास, पछिल्लो माओवादी आन्दोलनको दृष्टिकोणले गोरखा महत्वपूर्ण जिल्लाभित्र पर्छ । गठबन्धनभित्र पनि दरिलो एकता भएको छ ।”

राजनीतिक परिवर्तन र क्रान्ति धेरै भए पनि जनताको परिवर्तन सुशासन र विकासको गति लिएर परिवर्तनको औचित्य सिद्ध गर्ने कुरा भनेको जस्तो नभएको स्वीकारे ।

भौतिक पूर्वाधार, सडक सञ्जाल गोरखामा आफ्नो प्राथमिकता भएको भन्दै प्रचण्डले विकास र समृद्धिको यात्रा गोरखाबाट सुरू गरेर संसारभर देखाउने दाबी गरे ।

गोरखामा आफूलाई ल्याएकोमा प्रचण्डले डा.बाबुराम भट्टराईलाई धन्यवादसमेत दिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति