ओलीको प्रश्न- भारतको लापरबाहीले नेपालीको ज्यान जाँदा प्रधानमन्त्रीको मौनता कहिलेसम्म ?

काठमाडौँ, १२ कात्तिक । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भारतले सडक विस्तार गर्दा दार्चुलामा नेपाली बालकको ज्यान गएको विषयमा छानबिन गर्न सरकारसँग माग गरेका छन् ।

शनिबार ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत् उक्त घटनाको तत्काल छानबिन गरी सत्यतथ्य बाहिर ल्यान, दोषिमाथि कारबाही गर्न र पीडित परिवारलाई तत्काल क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरेका हुन् ।

ओलीले ‘तुइन काटेर गएको वर्ष जयसिंह धामीलाई मारिएको घटनामा जस्तै प्रधानमन्त्रीको मौनता कहिलेसम्म ?’ भनेर पनि प्रश्न सोधेका छन् ।

नेपालसँगको सीमा क्षेत्रमा भारतले सडक विस्तार गर्दा ढुंगाले लागेर हिजो दार्चुलाको व्यास गाउँपालिका २ का बालक पवन महराको ज्यान गएको छ । घटनामा १४ वर्षीया बालिका सरिना महरासहित केही स्थानीय नागरिक घाइते भएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति