महोत्तरीको भँगाहामा अनिश्चितकालीन कर्फ्यु

काठमाडौँ, ११ कात्तिक । महोत्तरीको भँगाहा नगरपालिकामा अनिश्चितकालीन कर्फ्यु जारी गरिएको छ । दुई पक्षबीच झडप भएपछि जिल्ला प्रशासन कार्यालय महोत्तरीले अपरान्ह ४ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि कर्फ्यु आदेश जारी गरेको हो ।

बिहीबार बिहानैदेखि हिन्दु सेना सम्राट बताउने एक समूह र मुस्लिम समुदायबीच दिनभर झडप भएको थियो । स्थिति नियन्त्रणमा लिन प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो ।

दक्षिणमा पररियाको सम्पूर्ण क्षेत्र, उत्तर पूर्व ब्रह्मस्थान पररिया र उत्तरमा धर्मपुरभन्दा दक्षिणको भाग, पूर्वमा लोहारपट्टी नगरपालिका वडा नम्बर १ बगडा चोक र पश्चिममा इलाका प्रहरी कार्यालय, लोहारपट्टी नजिकैको पुलसम्म कर्फ्यु आदेश जारी गरिएको छ ।

कर्फ्यु जारी भएको स्थानमा भेला, जुलुस, प्रदर्शन, घेराउ, र्याली र सभा नगर्न भनिएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board