आज भाइटिका, टिकाको साइत बिहान ११ः ३७ मा 

काठमाडौं, १० कात्तिक । कार्तिक शुक्लपक्ष द्वितीया, तिहारको पाँचौ दिन आज भाइटिका हो ।

दिदीबहिनीहरुले दाजुभाइको आयु, आरोग्य र सुस्वास्थ्यको कामना गर्दै सप्तरंगी टिका लगाइदिने पर्व तिहार नेपालीको दोस्रो ठुलो पर्व हो । आज भाइटिकाको साइत बिहान ११ः३७ मिनेटमा जुरेको छ ।

आजको दिन टिका लगाइदिने ब्यक्ति पूर्व र लगाउने व्यक्ति पश्चिम फर्केर टीका लगाउन सकिन्छ ।

दिदीबहिनीले दाजुभाइलाई टिका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको छ । 

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति