हल्का वर्षाको सम्भावना

काठमाडौँ, ७ कात्तिक । हाल देशमा पश्चिमी वायुको समान्य प्रभाव रहनुका साथै पूर्वी नेपालमा बंगालको खाडीमा विकसित न्यून चापीय क्षेत्र ‘सित्रङ्ग’ अप्रत्यक्ष आंशिक प्रभाव रहेको छ ।

उक्त मौसमी प्रणालीको प्रभावले मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल प्रदेश १ र मधेस प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ ।

दिउँस प्रदेश १ र मधेस प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ ।

मधेस प्रदेशका साथै बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ । आज काठमाडौँको न्यूनतम ११ र अधिकतम तापक्रम २७ डिग्री सेल्सियस रहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति