कोरोनाको सबभेरियन्ट ‘एक्सबीबी’ नेपालमा पनि भेटियो

काठमाडौँ, ७ कात्तिक । ओमिक्रोनको संक्रामक सबभेरिएन्ट ‘एक्सबीबी’ नेपालमा पनि पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार साउन २१ देखि असोज १४ सम्म विभिन्न उमेर समूहका व्यक्तिबाट संकलित नमुनाको जिनोमिक सिक्वेन्सिङ गर्दा ओमिक्रोनकै सबभेरिएन्ट ‘एक्सबीबी’ पुष्टि भएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको जिनोमिक सिक्वेन्सिङका क्रममा एक जना नेपालीमा नयाँ सब भेरियन्ट एक्सबीबी भेटिएको हो ।यो भेरिएन्टलाई उच्च संक्रामक भनिएको छ ।

यो एक्सबीबी भेरिएन्ट छिमेकी मुलुक भारतमा समेत देखिसकिएको छ । प्रारम्भिक अध्ययनमा यो भेरिएन्टले कोभिडविरुद्धको खोपको माध्यमले शरीरले आर्जन गरेको प्रतिरक्षालाई सजिलै छल्ने र संक्रमण बढाउने खालको पाइएको छ ।

स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डा.समीरकुमार अधिकारीका अनुसार जाडोयाममा यो भेरिएन्टले गर्दा थुप्रै मुलुकमा अवस्था गम्भीर हुन सक्ने आकलन गरिएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board