काठमाडौँ, ७ कात्तिक । तिहार सुरु भएसँगै बजारमा पनि भिडभाड बढेको छ । असनसहितका बजारमा भिडभाड बढेको हो । लक्ष्मीपूजा र भाइमसला खरिद गर्नेहरुको भीड असन क्षेत्रमा बढेको हो ।

आइतबार काग तिहार र सोमबार कुकुर तिहार र लक्ष्मी पूजा एकै दिन परेको छ । मंगलबार गाईपूजा, बुधबार गोवर्द्धनपूजा हलितिहार, म्हपूजा परेको छ भने बिहीबार भाइटिका परेको छ ।

भाइटिकाको उत्तक साइत बिहीबार बिहान ११ः३७ बजे रहेको नेपाल पञ्चाङ निर्णायक विकास समितिले जनाएको छ ।







प्रतिक्रिया