आज अमेरिकी डलरको भाउ कति पुग्यो ?

काठमाडौं, ६ कात्तिक । नेपाल राष्ट्र बैंकले आज आइतबार विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर एकको खरिदमा १३१ रुपैयाँ ९९ पैसा र बिक्रीदर १३२ रुपैयाँ ५९ पैसा रहेको छ ।

युरोपियन युरो एकको खरिदमा १२८ रुपैयाँ ६४ पैसा र बिक्रीमा १२९ रुपैयाँ २२ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८२ रुपैयाँ ५७ पैसा र बिक्रीदर ८२ रुपैयाँ ९४ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ५९ पैसा र बिक्रीदर ९६ रुपैयाँ २ पैसा र सिङ्गापुरे डलर एकको खरिदमूल्य ९२ रुपैयाँ ३६ पैसा र बिक्रीमूल्य ९२ रुपैयाँ ७८ पैसा रहेको छ । 

जापानी येन १० को खरिददर ८ रुपैयाँ ७४ पैसा र बिक्रीमूल्य ८ रुपैयाँ ७८ पैसा, साउदी अरेवियन रियाल एकको खरिददर ३५ रुपैयाँ १२ पैसा र बिक्रीदर ३५ रुपैयाँ २८ पैसा, कतारी रियाल एकको खरिदमूल्य ३६ रुपैयाँ २५ पैसा र बिक्रीमूल्य ३६ रुपैयाँ ४२ पैसा, मलेसियन रिंग्गेट एकको खरिददर २७ रुपैयाँ ८६ पैसा र बिक्रीदर २७ रुपैयाँ ९८ पैसा र कोरियन वन १०० को खरिदमा ९ रुपैयाँ १५ पैसा र बिक्रीमा ९ रुपैयाँ १९ पैसा तोकिएको छ । 

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति