मधेसमा केपी ओली हाबी हुनु दुखद् हो : प्रचण्ड

जनकपुरधाम, ५ कात्तिक । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसमा केपी ओली हाबी हुनु दुखद् भएको बताए । गठबन्धन दलका नेता कार्यकर्तालाई मधेस प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले ओली मधेस आन्दोलनको विरोधी भएको बताए ।

‘मधेसविरुद्ध विष वमन गर्नेहरू किन हाबी हुँदैछन् ? यो विषयमा गठबन्धन दलका नेता कार्यकर्ता र मधेसका बुद्धिजीवीहरूले आत्मसमीक्षा गर्नुपर्छ,’ उनले भने ।

उनले स्थानीय चुनावमा एमाले मधेसमा अप्रत्याशित सिटहरू जितेकोतर्फ संकेत गर्दै प्रचण्डले मधेसविरुद्ध विष वमन गर्नेहरू चुनावमा विजयी हुनु विडम्बना भएको बताए ।

मधेसको अधिकारका लागि लड्नेहरू आइसोलेसनमा पर्ने र विष वमन गर्नेहरू विजयी हुने अवस्था चिन्ताजनक रहेको उनको तर्क थियो । 

अध्यक्ष प्रचण्डले मधेसमा भ्रम दिने, झुटा आश्वासन दिने, बेइमानी र जालझेल गर्नेहरू फेरि बलियो हुन थालेको भन्दै सचेत रहन आग्रह गरे ।

मधेसको अधिकारका लागि आफूहरूले संविधान संशोधन विधेयक ल्याउँदा केपी ओलीले पारित हुन नदिएको र नागरिकता विधेयकमा समेत ओली बाधक बनेको प्रचण्डको आरोप छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति