अर्घाखाँचीमा ७४ वर्षीय वृद्धले गरे भाइको हत्या

अर्घाखाँची, ५ कात्तिक । अर्घाखाँचीमा ७४ वर्षीय वृद्धले आफ्नै भाइको हत्या गरेका छन् । जिल्लाको भूमिकास्थान नगरपालिका–१ घर भएका हिमबहादुर गमालले आफ्नै सहोदर भाइ वीरबहादुर गमालको हत्या गरेका हुन् । यही कात्तिक २ गते राति भिरमा लडेर ज्यान गुमाएका भनिएका गमालको शव अर्कोदिन बिहानमात्र फेला परेको थियो ।

घटनाको अनुसन्धान गर्दा आफ्नै दाइले भिरबाट धकेलेको भेटिएपछि ७४ वर्षीय हिमबहादुर गमाललाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।

प्रहरीका अनुसार २० गते दिउसो भूमिकास्थान नगरपालिका–४ धारापानीमा रहेको शाइन रेसुंगा बैंकबाट सँगै वृद्धाभक्ता निकालेका दाजुभाइ हिँड्दै घर जानेक्रममा आपसी विवाद भएपछि घचेटाघचेट भएको थियो ।

दुई दाजुभाइबीच लेनदेनमा भएको विवादमा दाइले घचेट्दा भाइ भिरबाट खसेको प्रहरीले जनाएको छ । भिरबाट खसेका गमालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति