सलमानलाई डेंगी, बिग बोस चलाउदै करण

एजेन्सी, ५ कात्तिक । बलिउड अभिनेता तथा टेलिभिजन रियालिटी शोे  ‘बीग बोस १६’ का होस्ट सलमान खानलाई डेंगी भएको छ । सलमानलाई डेंगी भएपछि केही हप्ता यो शो निर्माता तथा निर्देशक करण जोहारले सञ्चालन गर्नेछन् ।

डेंगीले लामो समय अस्वस्थ बनाउने भएपछि सलमान केही समयका लागि आराम गर्नेछन् । करणलाई शोको होस्टको जिम्मेवारी दिने भनिए पनि करणको तर्फबाट हालसम्म कुनै प्रतिक्रिया आएको छैन । तर, निर्माताले भने करणले शो होस्ट गर्ने निश्चित भइसकेको दाबी गरेका छन् ।

करणले यसअघि पनि यो शो होस्ट गरिसकेका छन् । त्यो समयमा यो शो टेलिभिजनमा नभई ओटीटीमा रिलिज भएको थियो । सन २०२१ मा पनि करणले यो शो होस्ट गरेका थिए । 

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board