बेलायती प्रधानमन्त्री ट्रसले दिइन् राजीनामा

काठमाडौँ, ३ कात्तिक । बेलायती प्रधानमन्त्री लिज ट्रसले पदबाट राजीनामा दिएकी छन् । पदमा नियुक्त भएको डेढ महिनामै उनले राजीनामा दिएकी हुन् ।

४१ दिनअघि प्रधानमन्त्रीमा नियुक्त भएकी ट्रसले घोषणा गरेअनुसार काम गर्न नसकिएको भन्दै विभन्न टिकाटिप्पणी भइरहेको थियो । केही दिनयता उनलाई आफ्नै मन्त्रिमण्डलका सदस्य तथा पार्टीका नेताहरूले राजीनामा दिन दबाद दिइरहेका थिए ।

उनको स्थानमा ऋषि सुनाक प्रधानमन्त्री नियुक्त हुनसक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । विवाद बढ्दै गएपछि कन्जर्भेटिभ पार्टीका सांसदले उनलाई राजीनामा दिन दबाब दिएका थिए ।

पछिल्लोपटक सांसद शेरिल मरेले सार्वजनिक रूपमा प्रधानमन्त्री ट्रसको राजीनामा मागेकी थिइन् । उनले ट्रसको स्थिति प्रधानमन्त्रीका रूपमा रहिरहन नसक्ने रहेको बताएकी थिइन् ।

यसअघि, बुधबार राति बेलायतका गृहमन्त्री सुएला ब्रेवरम्यानले राजीनामा दिएकी थिइन् । उनको स्थानमा पूर्वपरिवाहनमन्त्री ग्रान्ट साप्सलाई उक्त जिम्मेवारी दिइएको थियो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board