‘स्ट्यान्ड अप कमेडियन’ अपूर्वलाई साढे २ लाख धरौटीमा रिहा गर्न आदेश

काठमाडौँ, ३ कात्तिक । जिल्ला अदालत काठमाडौँले ‘स्ट्यान्ड अप कमेडियन’ अपूर्व क्षितिज सिंहलाई साढे २ लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले बिहीबार अपूर्वलाई साढे २ लाख धरौटीमा छाड्न आदेश गरेको उनको तर्फका वकिल शान्तिराम खतिवडाले जानकारी दिए । अपूर्व धरौटी बुझाए आजै छुट्नेछन् ।

नेवारी संस्कृतिमाथि अपूर्वले गरेको स्ट्यान्ड अप कमेडीविरूद्ध उजुरीका कारण दसैँअघि नै १२ दिन थुनामा परिसकेका थिए ।

सर्लाही हरिवनका अपूर्वविरूद्ध प्रहरीले मुलुकी अपराध संहिता– २०७४ को दफा १६० अन्तर्गत भेदभावपूर्ण व्यवहार गर्न नहुने, दफा ६५ अन्तर्गत सार्वजनिक शान्ति खलल पार्न नहुने, दफा १६६ अन्तर्गत जातपातका आधारमा छुवाछुत वा अन्य भेदभावपूर्ण व्यवहार गर्न नहुने र दफा १६८ अनुसार अपमानजनक वा अमानवीय व्यहार गर्न नहुने कसुरमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमार्फत् जिल्ला अदालत काठमाडौँमा मुद्दा लगेको थियो ।

चार वर्षदेखि धेरै ठाउँमा नेवार साथीहरूकै माझमा देखाएको स्ट्यान्ड अप कमेडीको भिडियो युट्युबमा राख्दा संस्कृति अभियन्ताले आपत्ति व्यक्त गरेपछि उनले तत्काल माफी माग्दै भिडियो हटाएका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति