प्लास्टिकका फूलगुच्छा र माला प्रतिबन्ध, बिक्री गरे १ लाखसम्म जरिबाना

काठमाडौँ, ३ कात्तिक । सरकारले प्लास्टिकका फूलगुच्छा, मालामा प्रतिबन्ध लगाउने निर्णय कार्यान्वयनमा लगेको छ ।

वन तथा वातावरण मन्त्रालयले १२ साउनमा देशभर प्लास्टिकका फूलगुच्छा, मालाको उत्पादन, आयात, बिक्री वितरण र भण्डारणमा प्रतिवन्ध लगाएकामा तिहार नजिकिँदै जाँदा कार्यान्वयनमा लगेको हो ।

वातावरण विभागले बिहीबार सार्वजनिक सूचना जारी गरी तिहार र छठजस्ता चाडपर्वमा प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको प्रयोग नगर्न भनेको छ ।

कसैले प्रयोग गरेको वा बिक्री वितरण गरेको पाइएमा वातावरण निरीक्षकबाट १५ हजारदेखि २० हजार रूपैँयासम्म जरिबाना हुने र विभागबाट १ लाखसम्मको जरिबाना हुनेसमेत सूचनामा उल्लेख छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति