ट्रकले ठक्कर दिँदा बसमा सवार ३० जना घाइते

सिरहा, ३ कात्तिक । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको गोलबजार–८ चोहर्वामा ट्रकको ठक्करबाट बस पल्टिँदा बसमा सवार ३० जना घाइते भएका छन् ।

पूर्वबाट पश्चिमतर्फ आइरहेको प्रदेश १–०५००१ ख ००२९ ट्रकले ना ७ ख ४९८१ नम्बरको बसलाई सोही दिशाबाट आइरहेको ट्रक अनियन्त्रित भइ पछाडिबाट ठक्कर दिँदा बसमा सवार ३० जना घाइते भएका हुन् ।

घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक राजु केसीले जानकारी दिए ।

गम्भीर घाइते तीन जनालाई विराटनगर पठाइएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति