एनसेलको साधारण सभा कात्तिक २५ मा

काठमाडौं, २ कात्तिक । एनसेल आजियाटा लिमिटेडले कात्तिक २५ गते तेस्रो वार्षिक साधारण सभा बोलाएको छ ।  

सभामा कम्पनीले आर्थिक वर्ष २०७८/७९ को लाभांश प्रस्ताव पेश गर्ने छ ।  कम्पनीले लाभांश दर भने उल्लेख गरेको छैन । 

साथै, सभामा आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने तथा ऋणका विषयमा पनि छलफल गर्ने एजेन्डा छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति