काठमाडौँ, २ कात्तिक । कपिलवस्तुमा सोमबार सम्पन्न नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को नवौँ महाधिवेशनले पुनः नेत्रविक्रम चन्द ‘विप्लव’लाई नै महासचिव पदमा चयन गरेको छ ।
कपिलवस्तुको शिवगढीमा गत असोज २५ गते उद्घाटन भएको महाधिवेशन असोज ३१ गते सम्पन्न भएको हो ।
महाधिवेशनले विप्लपको नेतृत्वमा ८१ जना केन्द्रीय सदस्य तथा ४५ जना वैकल्पिक केन्द्रीय सदस्य रहेको केन्द्रीय समिति चयन गरेको छ ।
यसैगरी महाधिवेशनले १३२ सदस्यीय केन्द्रीय प्रतिनिधि समिति पनि चयन गरेको छ ।
महाधिवेशनका निर्णयहरू काठमाडौँमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने केन्द्रीय कार्यालय सचिव असल क्षेत्रीले जानकारी दिए ।
कपिलवस्तुमा भएको महाधिवेशनले ‘एकीकृत जनक्रान्तिको विचार’लाई नयाँ उचाइमा पुर्याउने लक्ष्य कार्यदिशालाई निरन्तरता दिएको छ ।
प्रतिक्रिया