सर्वसाधारणसँग प्रत्यक्ष कुरा गर्दै ओली

काठमाडौँ, २ कात्तिक । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कात्तिक ४ गते सर्वसाधारणसँग टेलिफोनमा कुरा गर्ने बताएका छन् ।

चुनावी तयारीमा रहेका ओलीले मंगलबार सामाजिक सञ्जालमार्फत् आग्रह गर्दै कात्तिक ४ पछि आफू जनतासँग प्रत्यक्ष टेलिफोन संवाद गर्ने बताएका छन् ।

४ कात्तिकमा देशभरिका जुनसुकै नागरिकले पनि ओलीलाई फोन गरेर प्रत्यक्ष सुझाव दिन सक्ने उनको सचिवालयले जनाएको छ ।

कुराकानी गर्न चाहने व्यक्तिले आफ्नो नम्बर र नाम ओलीको फेसबुक पेजको इनबक्समा पठाउनुपर्ने छ । सर्वसाधारण नागरिकले नम्बर पठाएपछि ओलीले आफैँ फोन गरेर कुराकानी गर्ने जानकारी फेसबुकमार्फत् दिएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति