बैतडी सुर्नयाकी १७ वर्षीया बालिका ४० दिनदेखि बेपत्ता

बैतडी, १ कात्तिक । बैतडीको सुर्नया गाउँपालिका-४ की १७ वर्षीया सिर्जना लोहार ४० दिनदेखी बेपत्ता भएकी छन् । गत २३ भदौमा गौरा पर्वबाट हराएकी लोहार अझै फेला नपरेको उनका बुवा बिरा लोहारले बताए । 

छोरी बेपत्ता भएकै भोलिपल्ट प्रहरीमा खबर गरे पनि अझै पत्ता नलागेको उनको गुनासो छ । रातिको समयमा हराएकी छोरीको खोजीका लागि सबै प्रयास गरे पनि नभेटिएको उनकी आमा जानकी लोहारले बताइन् । 

छोरी हराएकै मितिदेखि एकजना गाउँले युवकसमेत गाउँमा नभएकाले दुवैजना भागेको आशंका गरिएको छ । तर सिर्जनाका बाबु बिरा उनीहरूबीच प्रेम रहे नरहेको आफूलाई केही थाहा नभएको बताउँछन् । बालिका हराएको विषयमा प्रहरीमा जानकारी आएकाले खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । 

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति