विराटनगर ३१ असोज । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सभापति शेरबहादुर देउवासंग आफू मिलिसकेकाले आफ्ना समर्थम पनि मिल्नु पर्ने निर्देशन दिएका छन् ।
कोइरालाले कार्यकर्तालाई निर्देशन दिंदै भने – लडाइँ शेरबहादुरजी र मेरो हो। तलबाट माथिसम्म। त्यो लडाइँ सकिइसक्यो। शेरबहादुर र म एकै ठाउँमा उभिएका छौं,’ उनले भने, ‘म पटकपटक गएर शेरबहादुरजीसँग भेटिरहेको छु। मेरा कुरा सुनिरहनुभएको छ मानिरहनुभएको छ। तपाईंहरू तल किन लडिरहनुभएको छ मैले बुझेको छैन। के को लागि लडेकोरु के पाउनुहुन्छरु केही पाउनुहुन्न।’
मोरङको सुन्दरहरैचा ५ मा आइतबार भएको छलफलमा कोइरालाले महाधिवेशन र स्थानीय चुनावका तुष त्याग्न नेता तथा कार्यकर्तालाई आग्रह गरेका थिए।
‘स्थानीय चुनावमा के भयो, महाधिवेशनमा के भयो। अधिवेशन कांग्रेसभित्रको प्रतिस्पर्धा हो। त्यो तुषलाई सबैले त्यागौ। मैले त त्यागिसकेँ, तपाईंहरूले किन नत्याग्ने मैले बुझेको छैन,’ कोइरालाले भने।
उनले गुटको झगडामा नलाग्न नेता तथा कार्यकर्तामा आग्रह पनि गरेका थिए।
‘शेरबहादुरजी र म महाधिवेशनमा सँगै लडेको होइनरु वडादेखि ग्रुप बनेर माथिसम्म गएको होइनरु जब शेरबहादुरजी र म नै मिलिसकेपछि वडामा किन तपाईंहरू झगडा गरिरहनुभएको छ मैले बुझेको छैन,’ कोइरालाले भने।
उनले महाधिवेशनका बेला देउवासँग गरिएको लडाइँ सकिइसकेको पनि बताए।
प्रतिक्रिया