बंगलादेशमा दुई रोहिग्या नेताको हत्या

एजेन्सी, ३१ असोज । बंगलादेशमा रोहिंग्या समुदायका दुई नेताको हत्या भएको छ । एउटा समूहले क्याम्प १३ मा रहेका दुई शरणार्थीको हत्या गरेको बंगलादेशको प्रहरीले जनाएको छ । करिब १० लाख शरणार्थी बसोबास गर्ने शिविरमा सुरक्षा अवस्था कमजोर भएको लाभ लिँदै भीडले उक्त हिंसात्मक आक्रमण गरेको हो । 

 हालैका महिनाहरूमा शरणार्थी  बसोबास गर्ने वस्तीमा हिंसा बढेको छ ।

प्रहरी प्रवक्ता फारुक अहमदले क्याम्प १३ मा शनिबार राति दुई रोहिङ्ग्या शिविरका नेताको हत्या भएको पुष्टि गरे । पछिल्लो तीन महिनामा मात्रै शिविरमा कम्तीमा १४ रोहिंग्याको हत्या भएको छ। गत वर्षको तुलनामा शिविरमा हत्याका घटनामा वृद्धि भएको  प्रहरीले जनाएको छ ।

सन् २०१७ मा म्यान्मारमा भएको सैन्य कारबाहीपछि भागेर आई बसेका रोहिंग्या शरणार्थीलाई बंगलोशमा  विभिन्न शिविरमा राखिएको छ । उनीहरु स्वच्छ पिउने पानी, औषधि उपचार जस्ता अत्यावश्यक बस्तुको आपूर्तिबाट बञ्चित छन् । 

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति