राष्ट्रिय खेलकुदमा सहभागी एक खेलाडीमा डेंगुको संक्रमण पुष्टि

पोखरा, ३० असोज । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी एक खेलाडीलाई डेंगीुसंक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशबाट महिलातर्फको हक्की प्रतियोगितामा सहभागी साहारा खतिवडालााई डेंगु संक्रमण देखिएको हो ।

शुक्रबार बेलुकीबाट अत्यधिक ज्वरो आएपछि उनलाई गण्डकी मेडिकल कलेज लगिएको थियो । चेकजाँचका क्रममा उनलाई डेंगु पुष्टि भएको टीम कोच राजन नेपालीले जानकारी दिए । उनका अनुसार डेंगु पोजेटिभ देखिएपछि अरु खेलाडीमा सर्न सक्ने भन्दै खेल छोडेर घरमै आराम गरिरहेकी छन् ।

यस अगाडीको खेलमा उनी सम्मलित टिम गण्डकी प्रदेशले झापा र लुम्बिनीलाई हराउँदै दुई खेल जितेको छ । संक्रमित खतिवडाले भने स्वास्थ्यमा सुधार आएकोले छिट्टै निको भएर खेलमा फर्किने बताएकी छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति