काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य चुनावका लागि २ हजार १२ जना उम्मेदवार मैदानमा होमिने भएका छन्।
निर्वाचन आयोगका अनुसार प्रत्यक्षतर्फका १६५ क्षेत्रमा उनीहरूले उम्मेदवारी दिएका छन्।
जातीय समुदायका आधारमा हेर्दा सबैभन्दा धेरै उम्मेदवार खसआर्य छन्। आयोगको तथ्यांकअनुसार १०१७ जना खस–आर्य, ६४१ आदिवासी जनजाति, ५०६ मधेसी, ९७ दलित, ८२ मुस्लिम र ६९ जना थारू उम्मेदवार रहेका छन्।
प्रदेश सभाका ३३० क्षेत्रका लागि ३२२४ जना उम्मेदवार मैदानमा छन्। तीमध्ये १०५५ जना खस(आर्य, ९०६ आदिवासी जनजाति, ८७४ मधेसी, १४४ दलित, १४५ मुस्लिम र १०० जना थारू उम्मेदवार छन्।
प्रतिक्रिया