मधेस प्रदेशका तीन कांग्रेस मन्त्री पदमुक्त

काठमाडौं, २८ असोज । मधेस प्रदेशमा नेपाली कांग्रेसका तीन मन्त्री पदमुक्त भएका छन् । प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको सिफारिसमा प्रदेश प्रमुख हरिशंकर मिश्रले शुक्रबार कांग्रेसका तीन मन्त्री रामसरोज यादव, ओमप्रकाश शर्मा र वीरेन्द्र सिंहलाई पदमुक्त गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । 

यादव भौतिक पूर्वाधार, शर्मा खानेपानी तथा ऊर्जा विकास र सिंह महिला, बालबालिका तथा युवा मन्त्री थिए । मुख्यमन्त्री राउतले तीनवटै मन्त्रालयको जिम्मेवारी आफैंले राखेका छन् ।

केन्द्र सरकारले बिहीबार जसपाबाट मन्त्री बनेका चारजनालाई पदमुक्त गरेको रिसमा शुक्रबार मधेस प्रदेशका मुख्यमन्त्री राउतले कांग्रेसका तीन मन्त्रीलाई पदमुक्त गरेर बदला लिएका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार जसपाका राजेन्द्र श्रेष्ठ, मोहम्मद इस्तियाक राई, प्रदीप यादव र मृगेन्द्रकुमार सिंहलाई पदमुक्त गरेका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति