नेपालले पाकिस्तानसँग मैत्रीपूर्ण फुटबल खेल्ने

काठमाडौँ, २८ असोज । नेपाली राष्ट्रिय फुटबल टिमले पाकिस्तानसँग मैत्रीपूर्ण खेल खेल्ने पक्का भएको छ । पाकिस्तान फुटबल संघले बिहीबार राति सामाजिक सञ्जालमा पोस्ट गर्दै नेपालसँग मध्य नोभेम्बरबीचमा मैत्रीपूर्ण खेल खेल्ने तय भएको जानकारी दिएको हो ।

२०१८ मा बंगलादेशको ढाकामा भएको साफ च्याम्पियनसिपपछि पाकिस्तानले कुनै अन्तर्राष्ट्रिय खेल खेलेको छैन । फिफाको प्रतिबन्धमा परेको पाकिस्तानले प्रतिबन्ध फुकुवा भएपछि पहिलो खेल खेल्न लागेको हो ।

पाकिस्तानी महिला टिमले भने गत भदौमा नेपालमै भएको साफ च्याम्पियनसिप खेलिसकेको छ । प्रतिबन्ध फुकुवा भएपछि पाकिस्तान पुरुष टोलीले ६ हप्ताअघि खुला प्रतिस्पर्धाबाट खेलाडी छनोट गरेर बन्द प्रशिक्षण गरिरहेको छ ।

नेपालले भने असोज ११ गते बंगलादेशसँग मैत्रीपूर्ण खेल खेलेको थियो । दशरथ रंगशालामा अन्जन विष्टले ह्याट्रिक गर्दा नेपाल ३–१ ले विजयी भएको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति