धनकुटा नेविसंघ सभापति पार्टीबाट निष्कासित

धनकुटा, २८ असोज । नेपाली कांग्रेस धनकुटाले नेपाल विद्यार्थी संघका जिल्ला सभापति बालनन्द दाहाललाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरेको छ ।

पार्टीको निर्देशन र अनुशासनविपरीत कार्य गरेको भन्दै नेविसंघ जिल्ला सभापतिलाई कारबाही गरेको जिल्ला सभापति दिनेश राईले जानकारी दिए ।

दाहालले प्रदेशसभा निर्वाचनका लागि जिल्लाको क्षेत्र नम्बर २ बाट स्वतन्त्र उम्मेदवारी दिएको र आफ्नो उम्मेदवारी फिर्ता नलिएकाले साधारण सदस्यसमेत नरहने गरी निष्कासनको कारबाही गरिएको कांग्रेस जिल्ला सभापति राईले जानकारी दिए ।

पार्टीको अनुशासनविपरीत गठबन्धनका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएकाले दाहाललाई केन्द्रको निर्देशनअनुसार कारबाही गरिएको राईको भनाइ छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति