कांग्रेस, माओवादी र एसका मन्त्रीलाई बर्खास्त गर्ने मुख्यमन्त्री राउतको तयारी

काठमाडौँ, २८ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा)का नेताहरूलाई मन्त्रीबाट हटाएलगत्तै मधेस प्रदेशमा समेत मन्त्री हटाउने तयारी भएको छ ।

मधेस प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)का मन्त्रीहरूmलाई शुक्रबार बिहानसम्म राजीनामा नदिए हटाउने तयारी भएको हो । जसपाका नेतासमेत रहेका मुख्यमन्त्री लालबाबु राउतले राजीनामा नदिए बर्खास्त गर्ने तयारी गरेका छन् ।

जसपाले नेकपा (एमाले)सँग चुनावी तालमेल गरेपछि प्रधानमन्त्री देउवाले बिहीबार चार जना मन्त्रीलाई बर्खास्त गरेका थिए । मधेस प्रदेशका मुख्यमन्त्री राउतले त्यसैको बदलामा मन्त्रीहरूलाई हटाउन लागेका हुन् ।

कांग्रेस, माओवादी र एकीकृत समाजवादीका मन्त्रीले शुक्रबार बिहान सामूहिक राजीनामा बुझाउने तयारी गरेका छन् । उनीहरूले मुख्यमन्त्री राउतलाई राजीनामा दिने जानकारी गराइसकेका छन् ।

मधेस प्रदेश सरकारमा कांग्रेसबाट ३, माओवादी केन्द्रबाट राज्यमन्त्रीसहित २ र एकीकृत समाजवादीबाट १ जना गरी ६ जना मन्त्री रहेका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board