चितवनमा जुस कारखानामा आगलागी

भरतपुर, २८ असोज । रत्ननगर नगरपालिका–१० मा रहेको युनाइटेड बेभरेज कम्पनीको पल्पी जुस उद्योगमा आगलागी भएको छ ।

आज बिहान ५ बजेदेखि लागेको आगो अझै पनि नियन्त्रणमा आउन नसकेको स्थानियले बताएका छन ।

आगो निभाउन खैरहनीका दुई र भरतपुरको एउटा दमकल तथा एउटा डोजर प्रयोग गरेर आगो नियन्त्रणको प्रयास भइरहेको छ । थप विवरण आउन बाँकी छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board