डडेलधुरामा बीपी कांग्रेसका मल्ललाई एमालेको समर्थन

काठमाडौँ, २७ असोज । डडेलधुरामा प्रतिनिधिसभातर्फ नेकपा (एमाले) उम्मेदवार चक्र स्नेहीले उम्मेदवारी फिर्ता लिएका छन् । यससँगै बीपी कांग्रेसका कर्ण मल्ललाई सघाउने निर्णय कार्यान्वयन हुने एमालेले जनाएको छ ।

एमालेको केन्द्रबाट नै स्नेहीको उम्मेदवारी फिर्ता गर्न पहल भएको एमाले डडेलधुराका सचिव गजेन्द्र शाहीले बताएका छन् ।

यसैगरी, कांग्रेसका बागी उम्मेदवार दानबहादुर पाल र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका कालिप्रसाद जोसीले पनि उम्मेदवारी फिर्ता लिएका छन् ।

नेकपा (एकीकृत समाजवादी)बाट भर्खरै एमालेमा फर्केर स्वतन्त्र उम्मेदवारी दिएका विक्रमबहादुर शाहीको उम्मेदवारी भने कायम छ ।

प्रदेशसभा– १ मा कांग्रेस बीपीका गणेशप्रसाद जोशी र प्रदेशसभा २ मा राप्रपा नेपालका जयराज अवस्थीले उम्मेदवारी फिर्ता लिएका छन् । एमालेलाई सघाउन जोशीले उम्मेदवारी फिर्ता लिएका हुन् ।

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवासहित ८ जना उम्मेदवार प्रतिनिधिसभातर्फ कायम रहेका छन् । देउवासँगै कांग्रेस बीपीबाट मल्ल, एमालेबाट बागी शाही, राप्रपाबाट गोविन्द खडायत, जनता समाजवादी पार्टीबाट श्याम सिनाल, स्वतन्त्रबाट कर्णसिंह रावल, सागर ढकाल र लालबहादुर कठायत उम्मेदवार छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board